,

अब नेपाली जाग्न जरूरी छ नत्र नेपालको भविष्य आन्धकार हुने खतरा

पश्चिमबाट सुरु भएको तराइ र पहाड टुक्र्याउन नदिने आन्दोलन र बिरोधमा त्यहांका स्थानियबासी को सक्रियता देखेर देशका अन्य भागमा पनि यसको प्रभाब पर्ने देखिन्छ। जसरी तराइ र पहाडलाई अलग बनाउने संसोधन प्रस्ताब अगाडि ल्यायीयो, बुटवल र पाल्पा सहित् अन्य ठाउँबाट बिरोध र र्‍यालीहरु बिरोध स्वोरूप निकलियो। र यस्लाई सम्पूर्ण जनताले समर्थन पनि गरे। सबैलाई तराइ र पहाड मिसीएको प्रदेश चहिएको छ।

Image Credit - facemeu
Image Credit – facemeu

बुटवल र पाल्पा हुँदै बिरोधको लहर नेपालगन्जसम्म पनि पुग्यो र सुदुर-पश्चिमका अरु ठाउँमा पनि पुग्न बेर लाग्ने छैन। अहिले चलीरहेको बिरोधको पक्षमा सार नेपाली छन्। यो बिरोधको भुमरिमा अब सबै नेपाली होमिन सक्ने सम्भावना प्रचुर छ। तराइ पहाड र हिमाल मिलेर नेपाल बनेको छ र नेपालले पूर्णता पाउन यी सबै ठाउँको मिश्रन हुन जरूरी छ भनेर सार नेपालीले आत्मसाथ गरिसकेको अनुमान छ।

Image Credit - wikimedia
Image Credit – wikimedia

पश्चिमको आगोले पूर्वमा पनि डढेलो लगाउन सक्ने दाबी आम नेपालीले गरेका छन। सबै नेपालीहरुलाई देशको स्थिती देखेर भविष्य प्रती चिन्तीत छन। पूर्वमा पनि पहाडबाट तराइ छुट्टाएकोमा त्यहांका जनताहरु सन्तुष्ट नरहेको जनभावना छ। तराइको समथर जमिन जो पहाडबाट झरेको पानीले सेचन भएर अन्न उत्पदन गर्दछ, त्यस्ले पहाडसम्मको जनताको भोक मेटाउंछ। तराइमा बसोबास गर्नेमा पनि सबै भुभागका नेपालीनै छन।

nepal-protest

परापुर्बकाल देखी जब नेपाल अस्तित्वमा आयो त्यसबेला देखीनै तराइ, पहाड र हिमाल मिलेर नेपालको संरचना भयो। सबै नेपाली जनताहरु आपसी सध्भाव राखेर मिलेर बसेकै थिए। अहिले आएर किन नेपाल टुक्राउन पर्ने। नयाँ नेपाल बनाउन देशनै टुक्राउनै पर्छ भन्ने पनि छैन। देश नयाँ सोच पुरानै भएर अहिले नेपाल यस्तो मोडमा अयिपुगेको छ। टुक्रिएको भुभागले नक्सामा मात्रै नभएर नेपालीको बिचमा पनि बिभाजन ल्याउने काम गरिरहेको छ।

Image Credit - nepalibuzz
Image Credit – nepalibuzz

अस्ती भर्खर नेपाली सेनाले निकालेको बक्तब्यले नेपाली सेना मात्रै होइन सारा नेपालीलाई सचेत रहेर बस्न आग्रह गरेको हामी नेपालीको भावना छ। हामी सारा नेपाली देशका सिपाही हौं र हामी सबैले देश र नेपालीको हीत केसमा छ भन्ने कुरामा बिचार पुर्याउन जरूरी छ। हामी नेपालीले नेपालको अस्तित्व जोगाउन पर्ने अवस्था आएको छ।

What do you think?

3 points
Upvote Downvote

Total votes: 3

Upvotes: 3

Upvotes percentage: 100.000000%

Downvotes: 0

Downvotes percentage: 0.000000%

Leave a Reply